मौलिकता जोगाउँदै तानसेनका चेली
शनिबार, भदौ २२, २०८१

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य
शनिबार, भदौ २२, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए ।

आज गणेश चतुर्थी पर्व मनाइँदै
शनिबार, भदौ २२, २०८१
हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ ।

निजामती सेवा दिवस मनाइँदै
शनिबार, भदौ २२, २०८१
आज (शनिबार) २१ औं निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।

शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।

आजको मौसम : देशको केही स्थानमा हल्का, कतै भारी वर्षा
बुधबार, भदौ १९, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

सहकारी सम्बन्धी छानबिन समितिको म्याद थप
बुधबार, भदौ १९, २०८१
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । प्रतिनिधिसभाले समितिको म्याद १५ दिन थपेको हो ।
समितिका संयोजक सूर्य थापाले प्रतिनिधिसभामा पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव मंगलबार बहुमतले पारित भएको छ ।

महिनाभर मनाउने गुँला पर्व आज सकिदै
बुधबार, भदौ १९, २०८१
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र शुल्क प्रतिपदाका दिन समाप्त हुन्छ । एक महिनासम्म धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलापर्वको आज समाप्ति हुँदै छ ।

जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित
मंगलबार, भदौ १८, २०८१
किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्रालगायत विधामा कलम चलाउँदै आएका भण्डारीलाई यस वर्षको जानकी साहित्य पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो ।

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
मंगलबार, भदौ १८, २०८१
फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो ।

हराउँदै घर–घरमा कुश भित्र्याउने प्रचलन
मंगलबार, भदौ १८, २०८१
भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व सोमबार देशभरका वैदिक सनातन धर्मावलम्वीले मनाएका छन् । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाइँएको हो । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस...