मौन स्नान गरी मनाइयो सोमबारे औँसी
सोमबार, भदौ १७, २०८१

भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा
सोमबार, भदौ १७, २०८१
रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।

आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन्
सोमबार, भदौ १७, २०८१
हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । यस दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने...

आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
सोमबार, भदौ १७, २०८१
भाद्र कुशे औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । भट्टले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै मोती जयन्ती मनाउन लागिएको होर ।

चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई :
शनिबार, भदौ १५, २०८१
ज्योतिष शास्त्रमा महत्वपुर्ण ग्रहको आधारमा चन्द्रमा रहेको छ । चन्द्रमा स्त्री कारक ग्रह हो र चन्द्रमा मन को मालिक ग्रह हो । ज्योतिष शास्त्रका विभिन्न ग्रन्थमा चन्द्रमा कमजोर भएमा के के हुन्छ भन्ने कुरा बृहतहरूमा बर्णन गरिएको छ । चन्द्रमा शुभ ग्रह र पापग्रह पनि हो ।

जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य
शुक्रबार, भदौ १४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको आफुुले पहल गर्ने बताएका छन् ।

सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु
शुक्रबार, भदौ १४, २०८१
सीजी सिमेन्ट कम्पनीमा काम गर्ने एक कामदारको मेसिनमा परेर मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सर्देवास्थित सीजी कम्पनीभित्र मेसिनमा च्यापिएर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६, का ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।

विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु
शुक्रबार, भदौ १४, २०८१
फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा विहीबार राति मृत्यु भएको हो ।

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन
शुक्रबार, भदौ १४, २०८१
शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका...

काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त
बिहीबार, भदौ १३, २०८१
नेपाली काँग्रेस पाल्पाका पूूर्व सभापती ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार निधन भएको हो ।

आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, भदौ १३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ...

बुुटवलमा विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रयास
बिहीबार, भदौ १३, २०८१
नेपालमा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनलाई विकल्पको रूपमा अगाडि सारेर बहस चल्दै आएको छ । न्यून कार्बन उत्सर्जन हुने भएकाले वातावरणविद् पनि विद्युतीय सवारी साधनकै पक्षमा वकालत गरिरहेका छन् ।

आज विश्व आणविक परीक्षण विरुद्धको दिवस
बिहीबार, भदौ १३, २०८१
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै छ । मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।