लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
                        
                        
                                                
                                             
                                                                    बुटवल , लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/१२/२० गतेको निणर्यानुसार मिति २०८१/०५/२१ गते शुक्रबारका दिन हरितालिका (तिज) व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    