Shittalpati
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार
विपद् व्यवस्थापनका लागि एक लाख बढी स्वयंसेवक तयार सरकारले विपद् व्यवस्थापन पूर्वतयारी, खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरमा एक लाख चार सय ४६ स्वयंसेवक तयार गरेको जनाएको छ ।
आगोले जलेर शिशुको मृत्यु
आगोले जलेर शिशुको मृत्यु दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा
जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल ब्राह्मण समाज नेपाल पाल्पाको अध्यक्षमा पुनः धर्मचन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । समाजको १२ औं साधारणसभा तथा चौथौं अधिवेशनले नेपालाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो ।
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा सनातन धर्म सेवा समिति (गुठी) मेहल्धारा तानसेन पाल्पाले ‘हनुमान पूजा’ गरेको छ । गुठीले हरेक वर्ष हनुमान जयन्तीको अवसरमा इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गर्दछ । सोही अनुसार उसले विधिपूर्वक हनुमान पूजा गरेको हो ।
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज देशभर मनाइँदैछ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ प्रहरीले अवैध लागूऔषधसहित रुपन्देहीका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ । रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई र सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
तानसेनमा क्रिसमसको रौनक
तानसेनमा क्रिसमसको रौनक पाल्पाको तानसेनमा क्रिसमसको रौनक छाएको छ । यस वर्ष सोमबार परेको क्रिसमस डे पर्वको अवसर पारेर यहाँका चर्चहरुमा रौनक छाएको हो । क्रिसमस डे पर्वको अवसर पारेर तानसेनमा रहेका इसाई धर्मावलम्बीले शनिबार खुसियाली मनाउँदै र्‍याली निकालेका छन् ।
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ् गाउँको एक घरमा शनिबार आगलागी हुँदा ९ महिने बालिकाको मृत्यु भएको छ । श्याम बहादुर पल्लीको माटो ढुङ्गाले बनेको फुसले छाएको एकतले कच्ची घरमा आगलागी हुँदा घरमा सुुतिरहेकी बालिकाको ज्यान गएको हो ।
Weather Update