प्रकृति लम्सालको अन्तिम संस्कार
शुक्रबार, फागुन ९, २०८१

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैं
शुक्रबार, फागुन ९, २०८१
अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

रुपन्देहीमा एक महिला मृत फेला
बिहीबार, फागुन ८, २०८१
रुपन्देहीको सियारी गाउँपालिका–२ मा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस
बुधबार, फागुन ७, २०८१
पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा गर्दै दिवस मनाइएको हो ।

प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था
बुधबार, फागुन ७, २०८१
नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र आगमनको ७५ वर्ष भएको छ । आजकै दिन अर्थात् फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो ।

आज निर्वाचन दिवस मनाइँदै
बुधबार, फागुन ७, २०८१
फागुन ७ कै दिन निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो । आज नवौं निर्वाचन दिवस मनाइँदै छ ।

रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा
बुधबार, फागुन ७, २०८१
नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।

जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव
मंगलबार, फागुन ६, २०८१
तानसेनको बर्तुङ्गस्थित जनप्रिय माध्ममिक विद्यालय बर्तुङ्गले ६५ औं वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो ।

पत्रकारहरुसँग अन्तरसंवाद कार्यक्रम
मंगलबार, फागुन ६, २०८१
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोग र त्यसको रोकथामका बिषयमा मंगलवार पत्रकार र स्थानीय रेडियोमा अन्र्तसंवाद कार्यक्रम आयोजना गरेको छ । प्रजातन्त्र दिवशको अवसरमा स्वास्थ्य कार्यालयले नसर्ने रोगहरुको अवस्था, पहिचान र निदानका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सहकारी संस्थाको आयोजनामा कृषि मेला
मंगलबार, फागुन ६, २०८१
तानसेन वडा–९को मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लि.ले पहिलो पटक प्रर्वद्धनात्मक कृिष मेला गरेर नयाँ आयम थपेको छ । पाल्पा रुपन्देही, कपिलबस्तु र नवलपरासी र भारतको गोरखपुर सम्म पाल्पाको मदनपोखरा तरकारी उत्पादन र बजारीकरणमा धेरै वर्ष पहिलादेखि प्रख्यात छ ।

जलवायु परिवर्तनको बढी असर महिलालाई
मंगलबार, फागुन ६, २०८१
सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

आहार व्यवस्थापनले गिद्धको संख्या बढ्दै
सोमबार, फागुन ५, २०८१
गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको संख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।