Shittalpati
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक ९सइ०लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
मातृशिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रदेश सरकार
मातृशिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारले बढ्दो मातृ तथा शिशु मृत्युदर घटाउन विशेष अभियान सञ्चालन गरेको छ । प्रदेशमा सबै भन्दा बढी मातृशिशु मृत्युदर रहेकाले त्यसलाई कम गर्न प्रदेश सरकारले पाल्पाबाट अभियानको सुरुवात गरेको हो ।
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन’
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन’ गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै नसक्ने बताएका छन् । उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको बताए ।
आज विश्व रङ्गमञ्च दिवस मनाइँदै
आज विश्व रङ्गमञ्च दिवस मनाइँदै आज विश्व र·मञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विस·तिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
लुम्बिनीका गाडीलाई हरियो प्लेटमा परिवर्तन गर्न परमादेश
लुम्बिनीका गाडीलाई हरियो प्लेटमा परिवर्तन गर्न परमादेश उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले लामो समयदेखि अलपत्र अवस्थामा रहेका ती सवारीसाधनलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी पर्यटन प्रयोजनका लागि सञ्चालन गर्न...
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।  जिल्लाको  मुसिकोट नगरपालिका–७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमालको बाँदर धपाउनका लागि राखिएको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।
‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’
‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे । 
बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु
बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराईको रुखबाट लडेर आज विहान मृत्यु भएको हो ।
उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय
उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ । 
तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा  विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित
तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा  विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित तानसेन नगर प्रज्ञा – प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।  प्रतिष्ठानले नगरको भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रितिरिवाज, जात्रा, मेलापर्व  समाजसेवा लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान  दिएका ३५ जना ब्यक्तिहरुलाई  एक कार्यक्रमकाबिच मंगलबार तानसेनमा सम्मान गरेको हो ।
मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थाल्यो : प्रजिअ सुवेदी
मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थाल्यो : प्रजिअ सुवेदी पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थालेको बताएका छन् । डिभिजन वन कार्यालय पाल्पाले आईतबार तानसेनमा आयोजना गरेको सरोकारवालासँगको समन्वय गोष्ठीमा जिल्लामा बाँदरका कारण देखा परेका समस्या र ग्रामीण क्षेत्रका जनताले पाएको सास्तिका विषयमा चर्चा गर्दै उनले यस्तो बताएका हुन् ।
पाल्पामा अझै रोकिएन जातीय भेदभाव
पाल्पामा अझै रोकिएन जातीय भेदभाव छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष हुँदा पनि समाजमा अझैं जातीय विभेद हट्न सकेको छैन । घर गाउँ तथा सार्वजनिक सभा समारोहमै दलित समुदायका व्यक्तिहरु अपमानित हुनु परेको छ ।
Weather Update