राम्दीमा स्नान गर्नेहरुको भिड
सोमबार, वैशाख १, २०८२

गुल्मीमा चार महिनामै पक्की पुल निर्माण
सोमबार, वैशाख १, २०८२
गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन् ।

नयाँ वर्ष : उमङ्गको पर्व
सोमबार, वैशाख १, २०८२
विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८१ साल सकिएर २०८२ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले...

मिर्गौलापीडितलाई सहयोग
आइतबार, चैत ३१, २०८१
गुल्मी जिल्ला समाज युकेले गुल्मी चन्द्रकोट–४ की एक मिर्गौलापीडित महिलालाई रु चार लाख १६ हजार आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौलाको समस्याबाट पीडित कमला थापामगर खत्रीलाई उक्त सहयोग गरिएको हो ।

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै
आइतबार, चैत ३१, २०८१
धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।

निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श
आइतबार, चैत ३१, २०८१
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को तानसेनमा विमर्श गरिएको छ । साहित्यकार भागवत खनालद्वारा लिखित सङ्ग्रहको एक औपचारिक कार्यक्रमकाबिच विमर्श गरिएको हो ।

मन्दिर परिषरमा मदिरा !
शनिबार, चैत ३०, २०८१
जिल्लाको तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर परिषरमा मदिरा प्रदर्शनमा राखिएको पाइएको छ । भगवानको पुजा आरधना गर्ने पवित्र स्थान जस्तो मन्दिरमा खुलमखुला मदिरा प्रदर्शन गरिएको पाइएको हो ।

मानव अन्तरिक्ष विमान दिवस मनाइँदै
शनिबार, चैत ३०, २०८१
आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको हो ।

आज हनुमान जयन्ती मनाइँदै
शनिबार, चैत ३०, २०८१
हनुमानको आज जन्मजयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन हरेक वर्ष रामदूत हनुमानको जन्मजयन्ती मनाउने गरिन्छ । सनातन धर्मका अनुयायीले यो मनाउने गर्छन् ।

हावाहुरीको वितण्डा
शुक्रबार, चैत २९, २०८१
बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले पाल्पा, गुल्मी, अर्घाखँची लगायतका जिल्लाहरुमा वितण्ड मच्याएको छ । हावाहुरीका कारण मेला महोत्सव, घर, होटल, विद्यालय, मन्दिरलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर, गोठ समेत क्षतिग्रस्त भएका छन् ।

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा
शुक्रबार, चैत २९, २०८१
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।

नेपाली सेनाले सुरु गर्यो तेस्रो गोरखा–जितगढी पदयात्रा
बिहीबार, चैत २८, २०८१
नेपाली सेनाले विहीबारदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको हो ।