Shittalpati
कर्माचार्यको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार

कृष्ण पोखरेल
पाल्पा । लोकतन्त्र तथा कानुनी राज्य स्थापनाका लागि गैर सरकारी संस्थाको रुपमा वकालत गर्दै आएको स्कूल अफ डेमोक्रेसी पाल्पामा अजय कर्माचार्यको अध्यक्षतामा कार्यसमिति विस्तार भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सभासद वीरबहादुर रानाको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा राधेश्याम घिमिरे, सचिवमा प्रफुल्ल शर्मा, सह–सचिवमा दिपक पाण्डे र कोषाध्यक्षमा सौन्दर्यवती शाक्य चयन भएका छन् । यसैगरी सदस्यहरुमा उदयराज घिमिरे, खगेन्द्र न्यौपाने, गिरीजा गैरे, अच्युत भट्टराई, निशिका श्रेष्ठ, अमृता दर्जी, दिलकुमारी माझी, सुवाष पोखरेल, तर संञ्जीत घिमिरे, अञ्जलिप श्रेष्ठ, विजयबहादुर ज्ञवाली र सन्तोषकुमार गहतराज रहेका छन् । समितिले सन्तोषकुमार गहतराजलाई प्रेस संयोजकको जिम्मेवारी तोकेको छ । कार्यक्रममा नेपाली काँग्रेसका सभापति रानाले लोकतन्त्र, प्रजातन्त्र र कानुनी राज्य स्थापना गर्न खवरदारी गर्न युवामा लोकतन्त्रको पैरवीको लागि स्कूल अफ डेमोक्रेसीले काम गर्ने बताए । मुलुकमा विधीको शासन स्थापित गर्न स्कूल अफ डेमोक्रेसीले महत्वपूर्ण भूमिका खेल्ने रानाले बताए । कार्यक्रममा प्रेस युनियनका पूर्व जिल्ला सभापति जगदीश भट्टराईले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र भइरहेकाले स्कूल अफ डेमोक्रेसीले खवरदारी गर्नुपर्ने, युवाहरुमा जनचेतना जगाउनु पर्ने बताए । कार्यक्रम माथि प्रकाश पार्दै स्कूल अफ डेमोक्रेसीका अध्यक्ष अजयमान कर्माचार्यले लोकतन्त्रलाई बलियो बनाउन, सबै किसिमका अधिकार मताधिकारमा विश्वास गर्न, सबै पार्टीका नेताहरु लोकतन्त्रको बहस चलाउन सकिने बताए । संस्थाका व्यक्तिहरु कुनै न कुनै रुपमा राजनीतिमा जोडिए पनि प्रमुख उद्देश्य लोकतन्त्रलाई बलियो बनाउने भएको अध्यक्ष कर्माचार्यले बताए । कार्यक्रम अजय कर्माचार्यको सभापतित्व, राधेश्याम ज्ञवालीको स्वागत, सह–सचिव दिपक पाण्डेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update