Shittalpati
गुल्मीमा निषेधाज्ञा कायमै

रमेश विश्वकर्मा

गुल्मी । कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई जारी राखेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । सरकारले छैठौं पटक लकडाउनलाई लम्बाएसँगै जिल्लामा पनि निषेधाज्ञालाई निरन्तरता दिईएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले बताए ।

कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथाम नियन्त्रणका लागि यस अघि जिल्लाभर संक्रामक रोग ऐन २०२० को दफा २(२) र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा पालना नगर्नेलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले पछिल्लो पटक लकडाउनको अवधि लम्बाएर जेठ ५ गते राति १२ बजेसम्म कायम गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update