Shittalpati
गुल्मीमा ८९ सवारी साधन नियन्त्रणमा

रमेश विश्वकर्मा

गुल्मी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लकडाउनको अवधिमा ८९ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघन गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन, जिल्लालाई पूर्ण रुपमा गत चैत्र ११ गतेदेखि लकडाउन गरिएको थियो । लकडाउन सुरु भएदेखि हालसम्म ८९ सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।

नियन्त्रणमा लिएकामध्ये ६१ वटा सवारी साधनलाई कारवाही गरिएको छ । जसमा ४७ वटा मोटर साइकल, ११ वटा जिप/कार र तीनवटा ट्याक्टरलाई कारवाही गरिएको बताईएको छ । कारबाही गरिएका ६१ सवारी साधनबाट ३८ हजार राजस्व संकलन भएको प्रमुख श्रेष्ठले बताए । लकडाउनको अवधिमा १ वटा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी १ जनाको ज्यान समेत गएको छ । लकडाउनको अवधिमा सवारी साधन दुर्घटनाको दर भने कम रहेको देखिन्छ । जिल्लामा लकडाउन जारी भएकाले पनि दुर्घटना कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update