Shittalpati
सम्पूर्ण गुल्मीवासीहरुलाई साँझ ७ बजे दीप प्रज्वलन गर्न जिल्ला प्रशासन गुल्मीको आग्रह

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पूर्ण गुल्मीवासीहरुलाई बिहीबार साँझ ७ बजे आ–आफू रहेको स्थानमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । विश्व शान्तिका प्रतिक सिद्धार्थ गौतम बुद्धको जन्म बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको पावन दिनको अवसरमा विश्वशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

सिद्धार्थ गौतम बुद्धको स्मरण गर्न कोरोना महामारी विरुद्धको लडाईमा अग्रभागमा खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतका राष्ट्रसेवक र स्वयंसेवकहरु प्रति उच्च सम्मानसहित हौसला प्रदान गर्न विश्वमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको चिरशान्तिको कामना गर्न कोरोना संक्रमण भएका बिरामीहरुको शीघ्र स्वास्थ्यलाभ गर्न र सम्भावित संक्रमणबाट सुरक्षित रहने प्रतिवद्धता व्यक्त गर्नको लागि दीप प्रज्वलन गर्न आग्रह गरिएको  कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update