Shittalpati
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ

कृष्ण पोखरेल
पाल्पा । लकडाउनको समयमा पाल्पामा अवैध सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अवैध सालको काठ सवारी साधनमा ओसार–पसार गर्दै गर्दा पक्राउ गरेको हो ।

सालको काठ ओसार पसार गर्दै गर्दा प्रहरी, वन कार्यालयको टोलीले बगनासकाली गाउँपालिका वडा २ का दुर्गा घर्तीलाई पक्राउ गरेको हो । निजलाई हिरासतमा राखी अनुसन्धानको काम भईरहेको कार्यालयले जनाएको छ । सालको चौकस बनाएर ओसार–पसार गर्दै गर्दा कार्यालयको टोलीले पक्राउ गरेको हो । सालको काठको परिणामा १८.४३ क्यू.फिट रहेको कार्यालयले जनाएको छ । बरामद गरिएको अवैध काठ जफत हुने र निजलाई ३ महिना कैद, विगो बराबर जरिमाना वा दुवै सजाए हुने डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहन पौडेलले बताए । लकडाउनको समयमा तस्करहरुबाट वनमा काठ तस्करी हुने भएकाले वनरक्षकको गस्ती बढाएको, सिमा क्षेत्रमा निगरानी बढाएको, सिमाक्षेत्रका स्थानीयवासीहरु समेत परिचालन गरिएको रेञ्जर यमलाल पोखरेलले बताए । एक महिना अघि मात्र अवैध रुपमा जंगलमा काठ कटानको क्रममा तिनाउँ गाउँपालिका वडा १ मा रुखले च्यापेर एक जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update