Shittalpati
प्रहरी आईजीपीमा वसन्त

पाल्पा,नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो ।

हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो । आईजीपी बन्ने प्रतिस्पर्धामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । यससँगै उनी ३० औं आईजीपी बनेका हुन् । २०२६ चैत १५ मा अर्घाखाँचीको सन्धीखर्कमा बाबु भीमबहादुर कुँवर र आमा नमकलाबाट जन्मिएका कुँवर २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका थिए । अहिलेको ३० वर्षे सेवाअवधि कायम रहे कुँवर २०८१ चैतमा अवकाशमा जाने छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update