Shittalpati
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

पाल्पा, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ । जसमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ पुरुष र १ करोड ४९ लाख ११ हजार २७ महिला रहेका छन् । यो आुसार लैङ्गिक अनुपात प्रति सय जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ रहेको छ । २०६८ सालमा कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । जसमा लैङ्गिक अनुपात ९४ दशमलव १६ रहेको थियो ।

गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update