लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
शिक्षा र समाज
रैनादेवी माविले मनायो स्वर्ण महोत्सव
कृष्ण पोखरेल
पाल्पा, रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरी पाल्पाले स्वर्ण महोत्सव मनाएको छ । वि.स. २०२९ साल चैत्र २ गते स्थापना भएको विद्यालयले विविध कार्यक्रमहरुको आयोजना गरी स्वर्ण महोत्सव मनाएको हो ।
स्वर्ण महोत्सव कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले स्वर्ण महोत्सव स्तम्भ अनावरण गरे । स्तम्भ अनावरण गर्दै अध्यक्ष भट्टराईले पालिकाले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न एक वडा एक नमूना विद्यालय कार्यक्रम अगाडि सारेको बताए । पहिलो चरणमा प्रत्येक वडाका माध्यमिक विद्यालयमा भौतिक पुर्वाधारसँगै प्रविधीमैत्री शिक्षा, स्वास्थ्य शिक्षा, गुणस्तरीय शिक्षा जस्ता कार्यक्रम अगााडि उनको भनाई छ । भैरव नवदिप माध्यमिक विद्यालय छहराबाट विद्यालय नर्सिंङ कार्यक्रम शुरु गरेको समेत अध्यक्ष भट्टराईले बताए । पालिकाकाको सबै वडाका नमूना विधालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए ।
उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई आग्रह समेत गरे । अध्यक्ष भट्टराईले भने ‘अबका दिनमा विद्यालयले हामीले गत बर्ष भन्दा यस बर्ष यति प्रतिशत रिजल्ट सुधार गर्याे, अबका दिनमा आजको भन्दा बढी प्रतिशत रिजल्ट सुधार गर्छाै भनेर गाउँपालिकामा आउनुस् विद्यालयले मागेको सबैजसो कुरा गाउँपालिकाले पुरा गरिदिने छ ।’ विद्यालयले रिजल्ट सुधार नगर्ने तर यति पैसा चाहियो, उति पैसा चाहियो भनेर माग्ने काम नगर्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिलाई पालिका अध्यक्ष भट्टराईले अनुरोध गरे । २०४८ सालमा आफु गाविस सचिव हुँदा रैनादेवी निमाविलाई मावि बनाउन गाविसबाट बजेट विनियोजन गरी पक्रिया अगााडि बढाएको पालिका अध्यक्ष भट्टराईले बताए ।
कार्यक्रममा गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निशा पाण्डेले अहिले गुणस्तरीय शिक्षाको नाममा बालबालिका शहर बजार पठाउने चलन बढेकाले यस्तो विकृति रोक्ने शिक्षक, अविभावक, समितिले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिईन । सरोकारवाला सबैको चासो र सहयोग भएमा शहरमा प्रदान गर्ने भन्दा राम्रो रिजल्ट गाउँका विद्यालयले पनि दिन सक्ने अधिकृत पाण्डेले बताईन ।
कार्यक्रममा भैरव नवदिप माध्यमिक विद्यालयका प्रधानाध्यापक झलकबहादुर रायमाझीले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि पहिलो जिम्मेवारी विद्यार्थी, दोस्रोमा शिक्षक, तेस्रोमा अविभावक, विद्यालय व्यबस्थापन समिति, वातावरण, प्रविधी, देशको नीति नियम ऐन कानुनमा भर पर्ने बताए । अबका दिनमा बालबालिकालाई प्रविधिमा आधारित शिक्षा प्रदान गर्दै जानु पर्ने रायमाझीले बताए । रैनादेवी माविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष भेषराज पन्थींले गाउँमा विद्यालय सञ्चालन गर्न निकै कठिन छ, आर्थिक श्रोतहरु पर्याप्तमात्रामा जुट्न सक्दैन जसको कारण विद्यालय सञ्चालनमा कठिनाई पर्दै आएको बताए । विद्यालयका पूर्व प्रधानाध्यापक मानबहादुर राउतले बालवालिकालाई परीक्षा शुल्क पनि नलिने गरी पूर्णरुपमा निःशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा पालिकाले ध्यान दिनुपर्ने बताए । उनले नेपाली भाषालाई माथि उठाउन बार्षिक रुपमा कविता प्रतियोगिता सञ्चालनका लागि अक्षयकोष घोषणा गरे । पूर्व प्रधानाध्यापक कुलचन्द्र ज्ञवालीले दुई/ तीन घण्टा हिडेर विद्यालय सञ्चालन गर्नु विगतका समयमा निकै चुनौती रहेको बताए । स्वर्ण महोत्सवमा पूर्व विद्यार्थीहरु गिरिराज पाण्डे, अमृत बेवारे लगायतले कामको शिलशिलामा आफुहरु विद्यालय भन्दा टाढा रहेपनि आवश्यक पर्दा तन मन र धनबाट सहयोग गर्न सधैव तयार रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रिषिराम पोखरेलले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक, आर्थिक, सामाजिक, शिक्षक, विद्यार्थीको अवस्था बारे जानकारी गराएका थिए । विद्यालयमा २० जना शिक्षक तथा कर्मचारी , ३ सय ५० जना विद्यार्थीहरु रहेका छन् । विद्यालयलाई पहिलो चरणमा पालिकाकै नमुना विद्यालय बनाउँदै जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने, विद्यालयमा प्राविधिक धार सञ्चालन गरी गाउँ ठाउमै स्वरोजगार बनाउने गरी बर्तमान शिक्षक तथा व्यबस्थापन समितिले काम शुरु गरेको प्रधानाध्यापक पोखरेलले बताए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रदिप पौडेलले विद्यालयमा गुणस्तर सुधारका लागि आफुले केही क्रम भंग गरेको र अबको तीन बर्षमा विद्यालयले गुणस्तरीय शिक्षामा फड्को मार्ने बताए ।
स्वर्ण महोत्सवको अवसरमा चन्दादाता, अक्षयकोषदाता, पूर्व प्रधानाध्यापक शिक्षक, विद्यार्थी, विभिन्न सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यार्थी द्धय सुधा वि.क. र मोहन वि.क.ले विद्यालयले विद्यार्थीहरुमा गर्दै आएको व्यबहार राम्रो भएको बताए । विधद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पौडेलको अध्यक्षता, सहायक प्रधानाध्यापक रमेश खनालको स्वागत, शिक्षक द्धय उमेश अधिकारी र मंञ्जु पंगेनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!