लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
शिक्षा र समाज
महामारी नियन्त्रण सम्बन्धी तालिम

पाल्पा,महामारी नियन्त्रण सम्बन्धी तालिम तानसेनमा सञ्चालन गरिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजनामा तीन दिने तालिम तानसेनको प्रभासमा सञ्चालन गरिएको हो ।
तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्तर्गत तानसेन नगरपालिका –७ नं वडा कार्यालयसँगको समन्वयमा तालिम सञ्चालन गरिएको रेडक्रस पाल्पाले जनाएको छ । तालिममा २४ जना स्वयंसेवकहरुलाई महामारी नियन्त्रण सम्बन्धी तालिम दिइएको थियो । महामारी जति बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्व तयारीका लागि रेडक्रसले सञ्चालन गरेको तालिम महत्वपूर्ण रहेको वडा अध्यक्ष प्रदिप खनालले बताए । उनले तालिममा सिकेका कुराहरुलाई आइपर्दा प्रयोग गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।
वडा अध्यक्ष खनालले समाजमा अन्य व्यक्तीहरुलाई पनि तालिममा सिकेका कुराहरु सिकाउन सके आपत्तकालिन अवस्थामा महामारीबाट बच्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रेडक्रस पाल्पा शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्कीले तालिम पश्चात सिकेका कुराहरुलाई समुदायमा गई सिकाउन र व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । कार्यक्रममा वडा सदस्य जीवबहादुर पराजुली, शुशिल नेपाल, स्थानीय हरी ढकाल र तालिममा सहभागी लक्ष्मी सिंह लगायतले आ–आफ्नो धारण राखेका थिए ।
तालिममा आपतकालीन स्वास्थ्य, विश्वव्यापी महामारी, महामारी नियन्त्रण तथा रोकथाम, हावा जन्य रोग, पानी जन्य रोग, खोप,कोभिड १९, मनोसामाजिक प्राथमिक उपचार, दु्रत स्वास्थ्य लेखाजोखा, सामुदायिक स्वास्थ्य नक्सांकन, मौसमी पात्रो तयारी लगायतका महत्वपूर्ण विषयहरुमा प्रशिक्षण रहेको थियो । प्रशिक्षणमा शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, शाखाका कार्यक्रम अधिकृत विनोद भारती,सागर के.सी., सञ्जित थापा लगायतले प्रशिक्षण दिएका थिए ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!