Shittalpati
एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री
एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुई सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको बताए ।
गुल्मीमा सुन्तला उत्पादन घट्यो
गुल्मीमा सुन्तला उत्पादन घट्यो गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।
पाल्पामा खस्कियो माटोको उर्वराशक्ति
पाल्पामा खस्कियो माटोको उर्वराशक्ति कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पामा पछिल्लो समय खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको छ । माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको हो ।
किसानको गुनासो ‘कफीले प्रतिफल दिएन’
किसानको गुनासो ‘कफीले प्रतिफल दिएन’ चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ ।
रैथाने बाली जोगाउनै मुस्किल
रैथाने बाली जोगाउनै मुस्किल पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाका जीवन रायमाझी चार दशकअघि अनदी जातका धान खेती गरेको अहिले पनि सम्झिरहन्छन् । चार दशकअघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । खेतैभरि लहरै अनदीको धान फल्दा रायमाझीको मन फुरुंग हुन्थ्यो ।
किसानको आलु कम्पनीले सिधैं खरिद गर्ने
किसानको आलु कम्पनीले सिधैं खरिद गर्ने स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए ...
अलैँची बिक्रीबाट २४ करोड आम्दानी
अलैँची बिक्रीबाट २४ करोड आम्दानी अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर रु २४ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । 
भारतीय तरकारीले बजार पाएपछि नेपाली किसान मर्कामा
भारतीय तरकारीले बजार पाएपछि नेपाली किसान मर्कामा भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ ।
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । 
किसानलाई अलैँची भित्र्याउन चटारो
किसानलाई अलैँची भित्र्याउन चटारो अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची संकलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए ।
पढाउन छाडेर कृषिकर्ममा हुमनाथ, वार्षिक १२ लाख आम्दानी
पढाउन छाडेर कृषिकर्ममा हुमनाथ, वार्षिक १२ लाख आम्दानी स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन् । उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ ।
Weather Update