स्थानीय कफी देश तथा विदेशमा प्रवर्द्धन गरिँदै
शनिबार, माघ १२, २०८१

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
शुक्रबार, माघ ११, २०८१
यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।

भार्सेका किसान व्यावसायिक किबीखेतीमा
आइतबार, माघ ६, २०८१
गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ ।

गाउँले सहरमा वन्यजन्तु बस्तीमा
बिहीबार, माघ ३, २०८१
बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै...

गुल्मीमा सुन्तला उत्पादन बढ्यो
बिहीबार, माघ ३, २०८१
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत...
-1736064528.jpg)
जलचर जोगाउन समुदायकै सहभागिता
बुधबार, माघ २, २०८१
काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिताबिना कानुन र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो ।

तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
सोमबार, पुस २९, २०८१
यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनि तरकारीखेतीमा होमिएका हुन् ।

गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
शुक्रबार, पुस २६, २०८१
गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु...
-1736140803.jpg)
आँधीखोलामा तटबन्ध निर्माण
सोमबार, पुस २२, २०८१
नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।

केराखेतीबाट वार्षिक चार लाख मुनाफा
सोमबार, पुस १५, २०८१
यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन् ।

धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान
आइतबार, पुस १४, २०८१
धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रुपमा कागतीखेती गरेका छन् ।

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
बुधबार, पुस १०, २०८१
रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका हुन् ।