Shittalpati
नेपाल तरुण दल र नेवि संघ पाल्पाद्वारा शान्तिपूर्ण धर्नाका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पाल्पा । भारतले नेपाल सीमा मिचेर राजमार्ग निर्माण गर्दा पनि सरकारले कुटनैतिक प्रयास नगरेको भन्दै नेपाली काँग्रेसका भातृ संस्थाहरु नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ पाल्पाले दुई घण्टा शान्तिपूर्ण धर्नाका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै नेपाल तरुणदल पाल्पाकाअध्यक्ष मेजरसिंह केसी र नेपाल विद्यार्थी संघ पाल्पाका कार्यवाहक अध्यक्ष सुरेश बोहराले छिमेकी देश भारतले नेपालका सीमा मिचेर राजमार्ग निर्माण गर्दासम्म पनि वर्तमान सरकारमौन बसेको भन्दै, तत्काल कुटनैतिक रुपमा यस्तो कार्य रोक्न सरकारको ध्यानाकर्षण गर्नुपर्ने माग गरेका थिए ।

तरुणदल र नेपाल विद्यार्थी संघका नेता तथा नेपाली काँग्रेस पाल्पाका नेताहरुको समेत सहभागिता रहेको सो धर्ना कार्यक्रममा नेपालको नक्साको आकृति बनाएर दुई घण्टासम्म सामाजिक दुरी कायम गर्दै धर्ना दिने काम भएको थियो । दुवै संस्थाका नेताहरु नेपाल विद्यार्थी संघका सचिव सुभास गैरे र नेपाल तरुण दलका सचिव गोपाल गैरेले पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी मार्फत ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update