चुनावका लागि ६४ दल दर्ता
काठमाण्डौ, आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा राजनीतिक दल दर्ता भएकोमा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि भोली सम्मको समयसीमा निर्धारण गरेको छ । आयोगमा कूल एक सय ३५ राजनीतिक दल दर्ता भएकोमा चुनाव प्रयोजनका लागि भोलीसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्


