Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नयाँ स्ववियुले सम्हाल्यो पदभार

पाल्पा, त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का विद्यार्थीहरुलाई पद हस्तान्तरण गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी हरिबोल भट्टराई नेतृत्वको कार्यसमितिले नवनिर्वाचित कृष्ण अर्यालको नेतृत्वलाई पद हस्तान्तरण गरेको हो ।

चैत ५ गते यहाँ सर्वपक्षीय रुपमा स्ववियु गठन भएको थियो । बुधबार पद तथा गोपनियताको सपथ खाएका विद्यार्थीहरुले शुक्रबार पदभार सम्हालेका छन् ।

नेपाल विद्यार्थी संघका कृष्ण अर्यालको नेतृत्वमा उपाध्यक्षमा अमृत भट्टराई, सचिवमा ताराबहादुर रायमाझी, सहसचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा सन्तोष पोखरेल, सदस्यहरुमा इन्दु गाहा, सुदर्शन पाण्डेय, मिस्मा राना, सुशील बस्याल, भीम लुंगेली, सृष्टि रास्कोटी मगर, मिलन सारु, सुजिता राना, विज्ञान दुधराज, उज्जवल भट्टराई, तुषार कालिकोटा, अंशु ठडराई, विशाल विष्ट, प्रवेश अर्याल लगायतले जिम्मेवारी लिएका छन् ।

सोही अवरमा २०६५ सालमा निर्वाचित स्ववियुले समितिको कार्यकालमा सहयोग पुर्‍याएका क्याम्पस प्रमुख, पूर्व क्याम्पस प्रमुख तथा विद्यार्थी संगठनका नेताहरुलाई सम्मान समेत गरेको छ । उसले क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई, पूर्व क्याम्पस प्रमुखहरु जीवनबहादुर थापा, केशवराज शर्मा, नेपाल विद्यार्थी संघका इकाई सभापति पुण्यप्रसाद सुवेदी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य पदम सोमै, अनेरास्ववियुका नेता हिरामणी पराजुली लगायतलाई सम्मान गरेको हो ।

कार्यक्रम क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, निर्वतमान स्ववियु सभापति हरिबोल भट्टराई, नेपाल विद्यार्थी संघका इकाई सभापति पुण्यप्रसाद सुवेदी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य पदम सोमै लगायतले विद्यार्थीहरुको हक अधिकारका विषयमा इमान्दारीताका साथ काम गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे । कार्यक्रम स्ववियुका निवर्तमान सभापति हरिबोल भट्टराईको अध्यक्षता, निवर्तमान सदस्य ज्योति पाण्डेको स्वागत, निवर्तमान कोषाध्यक्ष कृष्णबहादुर आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update