Shittalpati
रामपुर ४ मा ४ जनाको आरडिटी परीक्षण

पाल्पा (रामपुर) । कालिका आधारभूत विद्यालय रामपुर ४ देविस्थानको क्वारेन्टाईनमा बसेका ४ जनाको सोमबार र्‍यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । गत बैशाख १५ गते पोखरा बाट आएका २ महिला र २ बालकहरुको आरडिटी परीक्षण गरिएको हो ।

आरडिटी परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनीहरुलाई थप एक हप्ता होम क्वारेन्टाईनमा बस्न अनुरोध सहित घर पठाईएको छ । यस संगै रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्ला बाट आएर क्वारेन्टाईनमा बसेका ४५ जनाको आरडिटी परिक्षण भएको छ । रामपुर अस्पतालका ल्याव टेक्निसिय यम बहादुर सिंजाली, नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु गिरिराज घिमिरे, तिर्थ प्रसाद ढुङ्गाना, पुनम धिताल र कमला श्रेष्ठको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सबैको आरडीटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव टेक्निसिय यम बहादुर सिंजालीले जानकारी दिए ।

परीक्षण कार्यमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य, रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की, वडा सदस्य पार्वती परियार लगाएतको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले धन्यवाद सहितको प्रमाण पत्र प्रदान गरेका थिए । रामपुर नगरपालिका ९ जब्गादीको भानुभक्त माध्यमिक विद्यालयमा ५ जना र रामपुर ३ रजघराको जनविकास माध्यमिक विद्यालयमा ३ जना गरी रामपुरमा ८ जना क्वारेन्टाईनमा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update