Shittalpati
प्रदेश पाँचमा थप १० जनामा संक्रमण

पाल्पा । प्रदेश पाँचमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार कपिलवस्तुमा भारतबाट आएका थप १० जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update