Shittalpati
भारतमा संक्रमितको संख्या ६० हजार

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६० हजार पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत संक्रमितलाई निको भएको छ । शनिबारमात्रै झण्डै तीन हजार ३ सय २० जना कोरोनाभाइरस संक्रमितहरु थपिएको जनाइएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ । संक्रमितको संख्या झण्डै ६० हजार पुगे पनि अहिले विरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८ सय ३४ रहेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेहरुको संख्या १७ हजार ८ सय ४७ रहेको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डा.हर्ष बर्धनले शनिबारले संक्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताए । हाम्रोमा कोरोना भाइरसबाट संक्रमितहरुको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबकी संक्रमणमुक्त हुने दर भने २९.९ प्रतिशत रहेको छ, उनले भने । यस तथ्याड्ढलाई उनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको
दावी गरे । –रासस

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update