Shittalpati
रामपुरमा परीक्षणको दायरा बढाउदै, ४१ जनाको आरडिटी परीक्षण

इमान सिं राना

पाल्पा(रामपुर) । जिल्लाको रामपुरमा परीक्षणको दायरा बढाइएको छ । रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्लाबाट नगर भित्रिएर क्वारेन्टाईनमा बसेकाहरुको संख्या बढी रहेकाले परीक्षणको दायरा पढाइएको हो । बाहिरबाट आएर रामपुर नगरपालिकाको क्यारेन्टाइनमा रहेका ४१ जनाको  र्‍यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परीक्षण गरी सकिएको छ । आईतबार रामपुर १० मा क्वारेन्टाइनमा रहेका थप १० जनाको परीक्षण गरेसँगै आरडिटी परीक्षण गर्नेको संख्या ४१ पुगेको हो । अहिलेसम्म आरडिटी परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ पाईएको छ ।

आईतबार रामेछाप, म्याग्दी, बुटवल लगायतका स्थानबाट फर्केर जनकल्याण माध्यमिक विद्यालय रामटारको क्वारेन्टाईनमा बसेका ६ जना र भानुभक्त माध्यमिक विद्यालय बर्दलेमा बसेका ४ जना गरी १० जनाको आरडिटी परीक्षण गरिएको हो । उनीहरु बैशाख १३ र १५ गते गाउँ फर्केका थिए । आरडिटी परीक्षणमा नतिजा नेगेटिभ आए पछि उनीहरुलाई थप एक हप्ता होम क्वारेन्टाईनमा बस्न अनुरोध सहित घर पठाईएको छ । गेझा स्वास्थ्य चौकीमा भएको परीक्षण कार्य रामपुर अस्पतालका ल्याव टेक्निसिय यमबहादुर सिंजालीले रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु गिरिराज घिमिरे, तिर्थप्रसाद ढुङ्गाना र गेझा स्वास्थ्य चौकीका प्रमुख विक्रम भण्डारी लगाएतको सहयोगमा गरेका थिए ।

सबैको आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव टेक्निसिय नयम बहादुर सिंजालीले बताए । परीक्षण कार्यमा रामपुर नगरपालिकाका उप–प्रमुख विष्णु देवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, रामपुर नगरपालिका १० का वडा अध्यक्ष लिलाबहादुर गाहा, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, कार्यपालिका सदस्य सावित्रा गौतम, वडा नं. १० का वडा सदस्य कृष्णबहादुर सारु लगाएतको सहभागीता रहेको थियो । रामपुर नगरपालिकाका उप–प्रमुख आचार्यले आईतबार विदाई भएकाहरुलाई थप एक हप्ता अनुशासन पूर्वक होम क्वारेन्टाईनमा बस्न आग्रह गर्दै गाउँमा बाहिरबाट आएमा क्वारेन्टाईनसम्म ल्याउन सहयोग गर्न अनुरोध गरिन् ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले धन्यवाद सहितको प्रमाण पत्र र सावुन प्रदान गरेका थिए । रामपुर १० का वडा अध्यक्ष लिलाबहादुर गाहाले क्वारेन्टाईनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । रामपुर नगरपालिका ४ देविस्थानको कालिका आधारभूत विद्यालयमा ४ जना, रामपुर ९ जब्गादीको भानुभक्त माध्यमिक विद्यालयमा ५ जना र रामपुर ३ रजघराको जनविकास माध्यमिक विद्यालयमा ३ जना गरी १२ जना क्वारेन्टाईनमा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update