Shittalpati
गुल्मीमा ६९ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

रमेश विश्वकर्मा
गुल्मी,जिल्लामा पछिल्लो समय स्वाब संकलन गरी पठाईएका ६९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयले यहि वैशाख २३ गते जिल्लाको रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकाबाट ६९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको थियो । जसमा रेसुङ्गा नगरपालिकामा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा बनाईएको क्वारेन्टाइनमा रहेका १५ जना तथा धुर्कोट गाउँपालिकामा रहेका ५४ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वाथ्य कार्यालयका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए । जिल्लामा अहिलेसम्म १ सय ४० जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आर.डि.टि) परीक्षण गरिएको डा.शर्माले बताए । उनका अनुसार सबै रिपोर्ट नेगेटिभ देखिएको छ । महेन्द्र नमूना माध्यमिक विद्यालयमा रहेको आइसुलेशनमा १ जना रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update