Shittalpati
घरमै औषधी पाएपछि गाउँमा खुशी

वालिङ । घरमै औषधि पाएपछि गाउँमा खुशीफेदीखोला गाउँपालिकाले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि आफ्नो स्वास्थ्यप्रति चिन्तित बनेका स्थानीयवासीमा भने यतिबेला खुशी छाएको छ । दीर्घरोगी एवं नियमितरूपमा औषधि सेवन गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले घरघरमै औषधि पुर्‍याउन थालेपछि लकडाउनका कारण अस्पताल जान नपाएर समस्यामा परेका स्थानीयवासी गाउँपालिकाबाट घरमै आएर औषधि दिन थालेपछि खुशी भएका छन् ।

मिर्गौलामा आएको समस्याका कारण नियमितरूपमा औषधि सेवन गर्दै आएकी फेदीखोला गाउँपालिका–२ का २७ वर्षीया सम्झना केसी लकडउनको शुरुमा समस्यामा परे पनि अहिले भने खुशी भएको छन् । केसीले भने, “मैले मिर्गौलाको प्रत्यारोपण गरेको हुनाले नियमित औषधि खानुपर्ने हुन्छ । सरकारले लकडाउन घोषणा गरेसँगै औषधि किन्नका लागि समस्या भएको थियो, अहिले गाउँपालिकाले नै स्वास्थ्य परीक्षण र औषधि लिनका लागि काठमाडौँ जानेआउने व्यवस्था मिलाएको छ । गाउँपालिकाको यो कामबाट म निकै खुशी छु ।”विगत चार/पाँच वर्षदेखि मिर्गौलाको समस्या झेल्दै आएकी केसीले भने, “महिनामा रु २० हजारभन्दा बढीको औषधि खानुपर्छ ।

काठमाडौँ बाहिर किन्दा १० दिनको औषधिलाई नै रु १४ हजार लिने गरेकाले औषधिका लागि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता रहेको बताए । गाउँपालिकाले लकडाउनको बेलामा ठूलो सहयोग गरेको बताउँदै नियमित औषधि सेवन गर्नुपर्ने भएकाले औषधिका लागि पनि केही सहयोगको अपेक्षा गरेको बताए । यसैगरी नियमित औषधि खाँदै आएकी फेदीखोला–४ का कृष्णप्रसाद पौडेलले गाउँपालिकाले घरमै औषधि ल्याएर दिने गरेकामा खुशी लागेको बताए । कृष्णप्रसादका छोरा प्रदीपले भने, “बुवालाई नियमित औषधि खानुपर्ने हुन्छ, यस्तो लकडाउनका बेलामा पनि गाउँपालिकाले स्थानीय जनताको समस्या बुझेर घरमै आएर औषधि दिने व्यवस्था मिलाएकामा हामीलाई धेरै खुशी लागेको छ ।” अहिले औषधिको कुनै पनि समस्या झेल्न नपरेको पौडेलले बताए । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लकडाउनका कारण नियमित औषधि खानुपर्ने बिरामीका लागि समस्या नहोस् भनेर घरघरमा औषधि पुर्‍याउने व्यवस्था मिलाएको बताए ।

गाउँपालिकाले औषधि व्यवस्थापनका लागि तीन सदस्यीय समिति बनाएर नियमित औषधि सेवन गनुपर्ने बिरामीको तथ्याङ्क सङ्कलन गरेरे आवश्यकताका आधारमा औषधि खरिद गरेर घरघरमा पुर्‍याउने गरेको समितिका सदस्य सुजन पोखरेलले बताए । सुन्तला कृषकलाई आधुनिक हातेट्र्याक्टर प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङ्जाले भिरकोट नगरपालिकामा सुन्तला खेती गर्दै आएका कृषक समूहलाई आधुनिक हातेट्र्याक्टर प्रदान गरेको छ ।

हातेट्र्याक्टर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख छायाँराम खनालले औजारको सही सदुपयोग गरेर आफ्नो उत्पादनलाई थप बढवा दिन आग्रह गरे । नगरप्रमुख खनालले भने, “राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गरी बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्नुस्, नगरपालिकाले पनि किसानका लागि आवश्यक सहयोग गर्छ ।” नगरप्रमुख खनालले नगरपालिकाले नगरभित्र रहेको बाँझो जमिनको लगत निकालेर माटो सुहाउँदो खेती लगाउने योजनामा रहेको र सो कार्यका लागि पनि यो हातेट्र्याक्टर महत्वपूर्ण हुने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले ५० प्रतिशत अनुदानमा कृषकलाई हातेट्र्याक्टर वितरण गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update