Shittalpati
गुल्मीका क्वारेन्टाइनमा १ सय १८ जना नागरिक

रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा १ सय १८ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढ अनुसार महिला १६ र पुरुष १ सय २ जना रहेका हुन् । क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डा.भवानीप्रसाद शर्माले जानकारी दिए । जसमध्ये जिल्लाको रेसुङ्गा नगरपालिकास्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा बनाईएको क्वारेन्टाइनमा १५ जना पुरुष रहेका छन् । धुर्कोट गाउँपालिकाको नयाँ–गाउँ माध्यमिक विद्यालयमा बनाईएको क्वारेन्टाइनमा ३ महिला र ४१ पुरुष गरी ४४ जना रहेका छन् ।

त्यस्तै परमानन्द भण्डारी बुहुमुखी क्याम्पस धुर्कोटमा ४ जना पुरुष क्वारेन्टाइनमा रहेका छन् । वाग्ला स्वास्थ्यचौकीमा २ जना पुरुष तथा गणेश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ९ जना पुरुष रहेका छन् । ईस्मा गाउँपालिकाको पालुखा माध्यमिक विद्यालयमा २ जना पुरुष रहेका छन् । ठाडढुङ्गा माध्यमिक विद्यालयमा १ महिला, १७ पुरुष गरी १८ जना क्वारेन्टाइनमा रहेका छन् । आनन्दपुर माध्यमिक विद्यालयमा १० महिला १ पुरुष गरी ११ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै हस्तीचौर माध्यमिक विद्यालयमा १ पुरुष र १ महिला गरी २ जना क्वारेन्टाइनमा रहेका छन् । गुल्मीदरबार गाउँपालिकाको बलिथुम स्वास्थ्य चौकीमा २ जना पुरुष रहेका छन् । स्वामी पोखरी प्राथमिक बिवद्यालयमा १ जना महिला क्वारेन्टाइनमा रहेकी छिन् । कालिगण्डकी गाउँपालिकास्थित प्रारम्भिक निम्न माध्यमिक विद्यालयमा ६ जना पुरुष र चन्द्रकोट गाउँपालिकामा २ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

१ सय ३४ जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

जिल्लामा अहिलेसम्म १ सय ३४ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आर.डि.टि) परीक्षण गरिएको छ । जसमा महिला २५ र पुरुष १ सय ९ जनाको आरडिटिद्वारा परीक्षण गरिएको हो । आरडिटी परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थय कार्यालयका प्रमुख डा.भवानीप्रसाद शर्माले जानकारी दिए । यस्तै क्वारेन्टाइनमा रहेका मध्ये अहिलेसम्म ७५ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाईएको शर्माले बताए । डा.शर्माका अनुसार ६ जनाको रिपोर्ट नेगटिभ आएको छ । भने ६९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै जिल्लामा १ हजार ७७ क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार तथा जोखिमलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा उक्त क्षमताको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update