Shittalpati
थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौँ । नेपालमा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । पर्साका दुई १७ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये सात महिला र १० पुरुष छन् । यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् । २ महिनादेखि ६६ वर्षसम्मका नागरिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

बुधबार नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ । उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update