Shittalpati
मुलुकभर ६६ हजार नमूना परीक्षण

काठमाडौं  । सरकारले हालसम्म मुलुकभरपिसिआर र  र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८ सय ५०र आरडिटी विधिबाट ५२ हजार २ सय २७ नमूना परीक्षण गरिएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा एक हजार ५ सय ८२ वटा नमूना परीक्षण गरिएको छ । मुलुकभरका विभिन्न १८ स्थानबाट पिसिआर विधिबाट परीक्षण भइरहेको उनले जानकारी दिए । प्रदेश नं.१ मा छ हजार १ सय २२, प्रदेश नं २ मा पाँच हजार ७ सय ७५, बागमती प्रदेशमा आठ हजार ९ सय ४०, गण्डकी प्रदेशमा छ हजार ७४, प्रदेश नं ५ मा पाँच हजार १ सय ९३, कर्णाली प्रदेशमा पाँच हजार ८ सय ७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ वटा नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

देशभर कुल संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये पुरुष ६२ र महिला २१ छन् । प्रदेश नं १ मा ३१, प्रदेशनं २ मा १३, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा संक्रमण देखिएको छ । रुपन्देहीमा एक, नेपालगञ्जमा २३, कैलालीमा एक, चितवनमा एक, पर्सामा नौ र मोरङमा ३१ जना गरी जम्मा ६६ जनाको उपचार भइरहेको छ । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

आइसोलेसनमा रहेका सम्भावित संक्रमितको संख्या १ सय २० रहेको छ । काठमाडौँ उपत्यकामा २ र उपत्यका बाहिर १ सय १८ जना आइसोलेसनमा छन् । मुलुकभर क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ९९ पुगेको छ । प्रदेश नं १ मा दुई हजार १ सय २४, प्रदेश नं २ मा एक हजार २ सय ९०, वागमती प्रदेशमा २ सय ५८, गण्डकी प्रदेशमा ७ सय २६,प्रदेश नं ५ मा आठ हजार ९ सय २२, कर्णाली प्रदेशमा तीन हजार ७ सय ५४ र सुदूरपश्चिम प्रदेशमा चार हजार २५ जना क्वारेन्टाइनमा बसेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । –रासस

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update