Shittalpati
पाल्पामा लागुऔषधसहित दुई युवा पक्राउ

पाल्पा, पाल्पामा लागु औषधसहित दुई युवा पक्राउ परेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका– ५ बिरेठाँटीका ३५ वर्षीय संजय मुुल्मी(नेवार) र धादिङ्ग तिरपुरा गाउँपालिका–३ मुरचोक बस्ने ३७ वर्षीय किरण गजमेर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार साँझा दोभान प्रहरी चौकीको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजगमार्गबाट लागु औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले बुटवलदेखि पोखरा जाँदै गरेको ग ३ च ५९०१ नम्बरको कारलाई शंका लागी रोकेर चेकजाँच गर्ने क्रममा लागु औषध सहित ती युवाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनीहरुको साथबाट नुफिन ५० एम्बुल, डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी १ सय ५० एम्बुल लागु औषध प्रकाउ गरेको प्रहरी प्रवक्ता थापाले बताए । उनका अनुसार पक्राउ परेका दुवै जना र कारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।

पछिल्लो समय सिद्धार्थ राजमार्ग प्रयोग गरी लागुुऔषध ओसार पसार गर्नेहरु बढेका छन् । गुल्मी, बागलुुङ्ग, अर्घाखाँचीबाट बुुटवल, पोखराका लागि सिद्धार्थ राजमार्गको बाटो प्रयोग गरी लागुुऔषध ओसार पसार गरेको भेटिन्छ । बेला बेलामा प्रहरीले उनीलाई पक्राउ गरे पनि यो क्रम रोकिएको भने छैन् ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update