चाडपर्वमा मात्रै अनुगमन
सोमबार, असोज ४, २०७८
पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको
आइतबार, असोज ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
काँग्रेस नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री
आइतबार, असोज ३, २०७८
जिल्लामा नेपाली काँग्रेसका स्व. नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा सांसद् गम्भीरजंग कार्की र नेपाली काँग्रेस तानसेन नगरका पूर्व सभापति तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको स्मृतिमा जिल्लाका स्वास्थ्यचौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
पाल्पामा शीत काव्य समाज गठन, अध्यक्षमा ज्ञवाली
आइतबार, असोज ३, २०७८
शीत काव्य समाज नेपालले शीत काव्य समाज पाल्पा गठन गरेको छ । नेपालले आइतबार तानसेनमा एक कार्यक्रमका बीच समाज गठन गरेको हो । शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले समाज गठनको घोषणा गरेका छन् ।
जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन
आइतबार, असोज ३, २०७८
‘शीत’को जन्मभूमि पाल्पाबाट दुई कृतिको विमोचन गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतका दुई वटा कृतिको विमोचन गरिएको हो ।
संविधान घोषणाको ६ वर्ष
आइतबार, असोज ३, २०७८
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
नबिल बैंकले ल्यायो दसैं योजना
आइतबार, असोज ३, २०७८
नबिल बैंकले यस वर्ष दसैं योजना घोषणा गरेको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको हो ।
संविधान दिवसको सार्थकता
आइतबार, असोज ३, २०७८
आज इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । आजैको दिन अर्थात् असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ ।
गणेशमानको स्मृति दिवस मनाइयो
शनिबार, असोज २, २०७८
नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।
पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको
शनिबार, असोज २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो
शनिबार, असोज २, २०७८
आठौं राष्ट्रिय परिवार नियोजन दिवस पाल्पामा पनि मनाइएको छ । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले शनिबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।


