Shittalpati
गणेशमानको स्मृति दिवस मनाइयो

पाल्पा, नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ । शनिबार नेता सिंहको स्मृतिका अवसरमा देशभर कांँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् ।

नेता सिंहको तस्वीरमा टिका र माला लगाईदिएर काँग्रेसले उनको योगदानको स्मरण गरेको छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update