होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’
बुधबार, माघ ५, २०७८
गायिका लालुमाया र गोबिन्दको ‘मनको कस्तुरी’ सार्वजनिक
बुधबार, माघ ५, २०७८
गुल्मी लोक ताराबाट उत्कृष्ट बनेकी गायिक लालुमाया कुँवरको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको छ । गायिक कुँवर र गोबिन्द पौडेलको संयुक्त एल्बम ‘मनको कस्तुरी’ सार्वजनिक भएको हो । गायिक कुँवर लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीले सञ्चालन गरेको गुल्मी लोक तारा सिजन दुईबाट उत्कृष्ट गायिका बनेकी थिइन् ।
गीतकार केसीको ‘गुल्मेली हुम कर’ चर्चा बजारमा
बुधबार, माघ ५, २०७८
लोकप्रिय गायक एबम् गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत सार्वजनिक भएको छ । केहि दिन अघि सार्बजनिक भएको उक्त गीत यतिबेला सबैतिर चर्चामा रहेको छ । गीतमा पुरुषले महिलालाई घर कहाँ हो भनेर सोधेको र महिलाले ‘गुल्मेली हुम कर’ भन्ने कथा गीतमा रहेको छ । दुबै पक्ष बिच माया...
‘अति भो सरकार इस्मामा भ्रष्टाचार !’
बुधबार, माघ ५, २०७८
सोमबार स्वास्थ्य चौकीको हल भित्र इस्मा गाउँपालिकाको गाउँ सभा चलिरहेको थियो । जनप्रतिनिधि र केही कर्मचारीहरु गाउँ सभामा विधेयक र अर्धवार्षिक नीति तथा कार्यक्रमहरुको छलफल र समीक्षा मै व्यस्त थिए । त्यत्तिकैमा अति भो सरकार इस्मामा भ्रष्टाचार ¤ भन्ने आवाज हल भित्र पस्यो । हलभित्र सभामा व्यस्त केही जनप्रतिनिधिहरु बाहिर...
बुटवलका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार
बुधबार, माघ ५, २०७८
बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएका छन् । उपमहानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक प्रयोगशाला सेवा सहितको प्राथमिक स्वास्थ्यसेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । सहरी स्वास्थ्य केन्द्रमा विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको आकर्षण बढेकाले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत...
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
बुधबार, माघ ५, २०७८
सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ ।
महँगी नियन्त्रण गर
बुधबार, माघ ५, २०७८
पछिल्ला दिनहरुमा महँगी अत्याधिक रुपमा बढेको छ । बजार मूल्य नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् । खासगरी, खाद्यान्न र तरकारीको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दैनिकीमा नकारात्मक प्रभाव परेको पाइएको छ । बजार अनुगमन गर्ने अख्तियार पाएका सम्बन्धित निकायले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको...
गुल्मीमा राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार बिच छलफल
मंगलबार, माघ ४, २०७८
यहि माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझेदार उमेद्वारहरुले गुल्मीमा भेटघाट तथा छलफल गरेका छन् ।
सिंगो लुम्बिनीलाई काँग्रेसमय बनाउँछौं : सभापति पुन
मंगलबार, माघ ४, २०७८
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुनले सिंगो लुम्बिनी प्रदेशलाई काँग्रेसमय बनाउने बताएका छन् । मंगलबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले काँग्रेसको संगठनलाई थप सशक्त बनाई लुम्बिनीमा काँग्रेसमय बनाउने बताएका हुन् ।
गुल्मीमा एसका नेता एमालेमा प्रवेश
मंगलबार, माघ ४, २०७८
जिल्लामा नेकपा एकीकृत समाजवादी (एस) धुर्कोट गाउँपालिका उपाध्यक्ष एमाले प्रवेश गरेका छन् । समाजवादी प्रति असन्तुष्टि जनाउदै एसका नेता भेष बहादुर घर्ती नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार भन्छन्– ‘जनताको आवाज बुलन्द गर्न मत दिनुहोस्’
मंगलबार, माघ ४, २०७८
राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुले जनताको आवाज बुलन्द गर्न आफुहरुलाई मत दिन मतदाताहरुसँग आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीन जना उम्मेदवारहरुले सोमबार तानसेनमा मतदाताहरुसँगको परिचयात्मक कार्यक्रममा जनताको आवाज बुलन्द गर्न आफुलाई मत दिन आग्रह गरेका हुन् ।
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली
मंगलबार, माघ ४, २०७८
रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनत अनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पा लगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।

