Shittalpati
बेथलमा क्वाड च्याम्प प्रतियोगिता
बेथलमा क्वाड च्याम्प प्रतियोगिता तानसेनको बेथल बोर्डिङ सेकेण्डरी स्कुलमा क्वाड च्याम्प प्रतियोगिता भएको छ । स्कूलको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले नगरस्तरीय अन्तर विद्यालय क्वाड च्याम्प प्रतियोगिता सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र खोरेत रोग उन्मूलन अभियान सञ्चालन कार्यक्रम शुरु गरेको छ । प्रदेशभित्रका १० वटा जिल्लाहरुलाई केन्द्रित गरेर लुम्बिनी प्रदेश कृषि खाद्यप्रविधि तथा भुूमि व्यवस्था मन्त्रालयले पशुहरुको तथ्याड्ढ संकलनदेखि खोरेत रोग विरुद्धको भ्याक्सिन तथा डाटा संकलन अभियान चलाएको छ ।
गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो
गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलो पटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा २ ह्वाङदी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीन वटै वडामा पहिलो पटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको...
प्रजातन्त्र दिवसको सार्थकता
प्रजातन्त्र दिवसको सार्थकता आज प्रजातन्त्र दिवस, जहानीय हुकुमी शासन अन्त्य भएको दिन । १ सय ४ वर्ष लामो राणा शासनको अत्य गर्ने क्रममा आफु सहिद भएर पनि देशमा प्रजातन्त्र ल्याउँने कार्यमा अग्रसर अमर सहिदहरु प्रति श्रद्धासुमन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा समाहित हुँदै गर्दा मुलुक अहिले आएर अत्यन्तै राजनैतिक गम्भीर अवस्थाबाट गुज्रिरहेको अवस्था...
पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त
पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २१ जना महिला र १४ जना पुरुषले कोरोना जितेका हुन् ।
पूर्वखोला ग्रामीण क्षेत्रका घर–घरमा खानेपानी सुविधा
पूर्वखोला ग्रामीण क्षेत्रका घर–घरमा खानेपानी सुविधा जिल्लाको पूर्वखोला गाउँपालिका भित्रका ग्रामीण क्षेत्रमा यति बेला खानेपानीको सुविधा पुगेको छ । गाउँपालिकाले खानेपानी नभएका दुर्गमदेखि सुगमका ग्रामीण क्षेत्रमा यतिबेला सहजै खानेपानीको सुविधा पुर्‍याएको हो ।
जीतगढीमा वीर योद्वाको सालिक अनावरण
जीतगढीमा वीर योद्वाको सालिक अनावरण  बुटवल उपमहानगरपालिका १ मा रहेको ऐतिहासिक जीतगढी किल्लामा नेपाल अंग्रेज युद्वका विजेता तत्कालीन नेपाली वीर योद्वाको सालिक निर्माण गरिएको छ । ऐतिहासिक पुरातात्विक सम्पदास्थल परिसरमा कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक यसअघि नै निर्माण गरिएको थियो ।
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अड्ढित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।
माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु जिल्लाको तिनाउ गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
गठबन्धनमै विवाद
गठबन्धनमै विवाद प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसीसी टेबल गर्न ठूलो कसरत गरे पनि अन्ततः टेबल हुन सकेन । सत्ता गठबन्धनकै दलका ‘अप्रत्याशित’ निर्णयपछि देउवा पछि हटेका छन् ।
Weather Update