खानेपानीमन्त्रीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
रुपन्देहीमा निषेधाज्ञा जारी
मंगलबार, भदौ २४, २०८२
रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
श्रद्धाकर्म सोह्रश्राद्ध
मंगलबार, भदौ २४, २०८२
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ । हिन्दू धर्मावलम्बीले यस अवधिमा आफ्ना दिवंगत पूर्खालाई तिथी मिलाएर तर्पण, पिण्डदान र ब्राÞमण भोजन गराउने गर्छन् । हाम्रो समाज पितृप्रधान रहेकाले मूल पुरुषको तिथीमा अन्य पूर्खालाई स्मरण...
जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो ।
चिउरीको तेल पेल्न भ्याइनभ्याइ
सोमबार, भदौ २३, २०८२
घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उनलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।
जेन–जीको प्रदर्शन : प्रहरीको गोली लागेर १३ जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको हो ।
चल्न थाल्यो फेसबुक
सोमबार, भदौ २३, २०८२
सरकारले बन्द गरेको सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको प्रयोगकर्ताले बताएका छन् ।
जेन–जी प्रदर्शन : गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते
सोमबार, भदौ २३, २०८२
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण
सोमबार, भदौ २३, २०८२
साहित्यकार राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरुको कविता संग्रह लोकार्पण गरिएको छ । पाल्पा साहित्य समाजले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कविता संग्रहको लोकार्पण गरेको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै
सोमबार, भदौ २३, २०८२
आज ५९ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।


