आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस
शनिबार, कात्तिक २२, २०८२
सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह
शुक्रबार, कात्तिक २१, २०८२
यहाँ स्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ ।
लायन्सको दोस्रो क्याबिनेट बैठक पाल्पामा बस्दै
बुधबार, कात्तिक १९, २०८२
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक पाल्पाको तानसेनमा बस्ने भएको छ । एरिया लायन्सहरुको आयोजनामा क्याबिनेट बैठक कार्तिक २१ र २२ गते हुने भएको हो ।
तानसेन –३ मा पनि जेष्ठ नागरिक संघ गठन
मंगलबार, कात्तिक १८, २०८२
जिल्लाको तानसेन नगरपालिका –३ मा पनि जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।
भेडापालनमा भविष्य खोज्दै आस्मन
मंगलबार, कात्तिक १८, २०८२
यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन् । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहेका छन्।
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मंगलबार, कात्तिक १८, २०८२
यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् ।
सहकारीद्वारा मकैको पीठो बजारीकरण
मंगलबार, कात्तिक १८, २०८२
यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो ।
धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी
मंगलबार, कात्तिक १८, २०८२
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ ।


