Shittalpati
अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

पाल्पा, आज ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलो पटक मानवले सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मे २९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
     वि.सं. २०१० जेठ १५ गते न्यूजिल्यान्डका आरोही एडमण्ड हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गे शेर्पा ले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उक्त ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप नेपाल सरकारले २०६५ सालदेखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालेको हो । विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाहरुले आज विभिन्न कार्यक्रम मनाउँदै छन् । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो । दिवसका अवसरमा विभिन्न स्थानमा प्रभातफेरी, अन्तरक्रिया, सरसफाइ अभियान तथा पर्वतारोहणसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको छ ।

पर्यटन व्यवसायी तथा वातावरणविद्हरूले सगरमाथा क्षेत्रको संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा सुरक्षित पर्वतारोहणमा ध्यान दिनुपर्ने बताउँदै आएका  छन् । नेपाल पर्यटन बोर्डले यस दिवसले नेपालको पर्यटन प्रवद्र्धन तथा हिमाल संरक्षणबारे विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने जनाएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसले नेपाली पहिचान, साहस र हिमाली सभ्यताको गौरवलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ । उनले विश्वभरिका साहसिक पर्यटकहरूलाई नेपालतर्फ ध्याकर्षण गराउने तथा नेपाल भित्र्याउनका लागि सगरमाथा दिवसले सहयोग पुग्ने बताए । पछिल्लो समय विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिामालहरू यसको असरको चपेटामा पर्दै गएको भन्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण तथा हिमालका फोहोरमैला व्यवस्थापन लगायतका चुनौतीलाई सामना गर्दै हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update