भ्रष्टाचारविरुद्ध जेन–जी ः सरकारी कार्यालयमा बढाउँदै निगरानी
आइतबार, भदौ २९, २०८२
राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २९, २०८२
आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ६१ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको हो ।
बालबालिकाको अवस्था र बालदिवस
आइतबार, भदौ २९, २०८२
हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागिएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो दिवस मनाउने गरिएको हो ।
कर्मचारीले लगाए आफ्नै कार्यालयमा आगो
शनिबार, भदौ २८, २०८२
प्युठानको एक स्थानीय तहमा कार्यरत एक कर्मचारीले आफ्नै कार्यालयमा आगो लगाएका छन् । यहाँको झिमरुक गाउँपालिकामा कार्यरत रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन् ।
बुटवलको भाटभेटनी लुटपाटमा संलग्न शिक्षक निष्कासन
शनिबार, भदौ २८, २०८२
बुटवलको भाटभटेनी सुपरमार्केटको लुटपाटमा संलग्न भएको भन्दै एक शिक्षकलाई निकाष्सन गरिएको छ । भदौ २४ गते राति भएको लुटपाटमा संलग्न भएको भन्दै कालिका मानव ज्ञान माविले विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई कारबाही गरी पदबाट निष्कासन गरेको हो ।
प्राथमिक उपचार दिवसको सार्थकता
शनिबार, भदौ २८, २०८२
प्राथमिक उपचार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २८, २०८२
आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने कामना गर्दै मौन प्रदर्शन
शुक्रबार, भदौ २७, २०८२
पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने काम गर्दै मौन प्रदर्शन गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संयोजनमा बार एकाई , शिक्षक संघ सहितको सहभागीतामा मौन प्रदर्शन गरिएको हो ।
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन
शुक्रबार, भदौ २७, २०८२
नेपालमा भदौ २३ र २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु भएकाको सम्झनामा अमेरिकाको भर्जिनियामा दीप प्रज्वलन गरिएको छ । अमेरिकाको भर्जिनियामा रहेका नेपालीहरुले नेपालमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन् ।
सामान्य बन्दै गुल्मीको जनजीवन
शुक्रबार, भदौ २७, २०८२
जेनजी आन्दोलनका कारण प्रभावित बनेको यहाँको जनजीवन यतिबेला सामान्य बनेको छ । जिल्लामा आजबिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन् ।
मुलुकलाई सहज निकास देऊ
शुक्रबार, भदौ २७, २०८२
जेनजीको आन्दोलन पश्चात उत्पन्न परिस्थितिप्रतिले यति बेला आमनागरिकलाई चिन्तित बनाएको छ । प्रदर्शनका क्रममा ३४ जना भन्दा बढीको ज्यान गइसकेको छ धेरै बालबालिका र सुरक्षाकर्मी घाइते भएका छन् ।


