नवजनचेतना राष्ट्रिय दैनिक २०८० असार ११ गते सोमबार
सोमबार, असार ११, २०८०
तानसेन नगर सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट
आइतबार, असार १०, २०८०
जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड बढीको बजेट ल्याएको छ । उसले १३ औं नगर सभामार्फत आगामी वर्ष २०८०/०८१ को लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको हो ।
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने
आइतबार, असार १०, २०८०
यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण...
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने
आइतबार, असार १०, २०८०
नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र रु १० हजार जरिवानाको व्यवस्था ऐनमा...
तानसेनको नीति तथा कार्यक्रम : ‘पर्यटन र संस्कृति संरक्षणमा केन्द्रित’
आइतबार, असार १०, २०८०
जिल्लाको तानसेन नगर सरकारले शनिबार नीति तथा कार्यक्रम ल्याएको छ । उसले नगर सभाको १३ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको हो । नगर उपप्रमुख प्रतिक्षा सिंजालीले १८२ बुँदे नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् । ‘
भूमि पूजाको सन्दर्भ
आइतबार, असार १०, २०८०
मगर समुदायले आज भूमि पूूजा गर्दैछन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने परम्परा छ । विशेषगरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लाहरुमा धूमधामसँग भूमि पूूजा गर्ने गरिन्छ ।
स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
शनिबार, असार ९, २०८०
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय...
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
शनिबार, असार ९, २०८०
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो ।
नक्कली परीक्षार्थी पक्राउ
शनिबार, असार ९, २०८०
सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।
रिब्दीकोट गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट
शनिबार, असार ९, २०८०
जिल्लाको रिव्दीकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले आगामी बर्षको लागि बजेट पेश गरेकी हुन् । उपाध्यक्ष अधिकारीले पुँजीगततर्फ २३ करोड ५६ लाख ६४ हजार र चालु तर्फ २९ करोड ४४ लाख ४ हजार बजेट...


