Shittalpati
तानसेन नगर सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट

पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड बढीको बजेट ल्याएको छ । उसले १३ औं नगर सभामार्फत आगामी वर्ष २०८०/०८१ को लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको हो ।

उप प्रमुख प्रतिक्षा सिंजालीले नगरसभामा प्रस्ताव गरेको उक्त बजेट सर्वसम्वत पारित भएको छ । नगर सरकारले चालुतर्फ ५४.६१ प्रतिशत अर्थात् ५६ करोड १४ लाख २५ हजार र पुँजीगततर्फ ४५.३९ प्रतिशत अर्थात् ४६ करोड ६६ लाख ३९ हजार ३ सय ६७ बजेट ल्याएको छ ।

नगर सरकारले सामाजिक क्षेत्रमा ४४ करोड २४ लाख २१ हजार, पुर्वाधार क्षेत्रमा २७ करोड ८१ लाख १८ हजार, शुसासन तथा सस्थागत विकासतर्फ १५ करोड ५१ लाख ९९ हजार २ सय ५१, आर्थिक विकासतर्फ ११ करोड ४ लाख १४ हजार ९ सय २७ , वन वातावरण तथा विपद्मा ४ करोड १९ लाख १० हजार ९ सय २६ बराबरको बजेट विनियोजन गरेको छ ।

नगर सरकारले  सबै भन्दा बढी सामाजिक क्षेत्रमा ४३ प्रतिशत र सबैभन्दा कम वन वातावरण तथा विपद् व्यवस्थापन ४ प्रतिशत रकम प्रस्ताव गरेको छ । आगामी बजेटमा चालु आर्थिक बर्षका ५ वटा योजनाको ६ करोड ८० लाख रुपैयाँ दायित्व सारेको छ  । जसमा शितलपाटी देखी हुलाकहुँदै एनआइसी बैकसम्म ढुङ्गा छाप्ने योजना, बगाले खेल मैदान, वनदेवी बसपार्क, दरवार परिसर भत्काएको क्षेत्रमा ढुङ्गा छाप्ने काम, वडा तथा नगरका योजनाहरु रहेका छन् ।

आगामी बर्षको लागि वडा नंं. १ को २३ वटा योजनालाई ५२ लाख ९६ हजार ६ सय ४८, वडा नंं २ मा २५ वटा योजनाको लागि ४२ लाख ३४ हजार ४०, वडा नंं. ३ मा १८ वटा योजनाको लागि ४७ लाख ३० हजार ९ सय ४६, वडा नंं ४ मा २३ वटा योजनाको लागि ४३ लाख १८ हजार ५ सय ७९, वडा नंं. ५ को २४ वटा योजनाको लागि ५२ लाख ३४ हजार ९ सय ३७, वडा नंं. ६ को १९ वटा योजनाको लागि ५० लाख ७७ हजार ३ सय ७३, वडा नंं. ७ को २६ वटा योजनाको लागि ५३ लाख ३४ हजार १ सय ९०, वडा नंं. ८ को ३१ वटा योजनाको लागि ५१ लाख ६६ हजार ४ सय ९७, वडा नंं. ९ को ३५ वटा योजनाको लागि ४७ लाख ८७ हजार ३ सय ७२ , वडा नंं. १० को २६ वटा योजनाको लागि ५४ लाख ८८ हजार ३ सय ८२, वडा नंं.  ११ को ३१ वटा योजनाको लागि ४९ लाख १ सय ३१, वडा नंं. १२ को ३४ वटा योजनाको लागि ५१ लाख ७ हजार ३ सय २४, वडा नंं.१३ को २५ वटा योजनाको लागि ५१ लाख ५० हजार ७ स ७२ सय ५५, वडा नंं.  १४ को ३० वटा योजनाको लागि ५१ लाख ७२ हजार ८ सय २६ बराबरको बजेट विनियोजन भएको छ  । योसँगै नगर भित्रका १४ वडामा ७ करोड बजेट छुुट्याइएको छ । नगरपालिकाले यस बर्ष पनि टुक्रे ५० हजारका योजनाहरुलाई प्राथमिकतामा राखेको छ ।

संघको समपुरक कार्यक्रम अन्र्तगत पोलधारा,आपटारी, ओमपार्क सडक स्तरउन्नतीको लागि १ करोड २० लाख, बतासेडाँडा चण्डी भञ्ज्याङ्ग, भुल्के जोर्ते सडक निर्माणको लागि १ करोड  विनियोजन गरेको छ । प्रदेश समपुरक कार्यक्रम अन्र्तगत राधे राधे जाने बाटो ढल व्यवस्थापन तथा जिपपार्क निर्माणको लागि ६० लाख, प्रभास काजिपौवा सडकको लागि ६० लाख, होलाङ्दी धारा तथा ढल व्यवस्थापनका लागि ६० लाख, सल्लेरीडाँडा रावलटोल घुनाघाट सडकको लागि ६० लाख, भालेवास कोकल पिपलडाँडा सडकको लागि ६० लाख छुट्याइएको छ ।

बजेट पेस पछी आर्थिक समितिका संयोजक हेमन्तराज शाक्यले आर्थिक विधेयक, उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले विनियोजन विधेयक, फोहोरमैला व्यवस्थापन समितिका संयोजक सुनिल कुमार बस्यालबाट फोहोरमैला व्यवस्थापन विधेयक, साझेदारी व्यबस्थापन समितिका संयोजक बाबुरत्न शाक्यले साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन विधेयक, लेखा समिति संयोजक राजेश कुमार अर्यालले लेखा समिति प्रतिवेदन र उप प्रमुख प्रतिक्षा गाहा सिंजालीले न्यायिक समितिको प्रतिवेदन नगर सभामा पेस गरेकोमा  सर्वसम्मतिले पारित भएको छ  । सभामा प्रस्तुत विधेयक तथा प्रतिवेदनमा नगर सभा सदस्यहरुले सुझाव तथा जिज्ञासा राखेका थिए । नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा नगरसभा भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update