Shittalpati
विश्वकप क्रिकेट लिग दुई खेल्न लामिछाने अमेरिका जाँदै
विश्वकप क्रिकेट लिग दुई खेल्न लामिछाने अमेरिका जाँदै आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् ।  
सुन तोलाकै १ लाख ६४ हजार ४ सय पुग्यो
सुन तोलाकै १ लाख ६४ हजार ४ सय पुग्यो नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा...
सराय नाच : कतै हराउँदै, कतै सरंक्षणमा जुट्दै
सराय नाच : कतै हराउँदै, कतै सरंक्षणमा जुट्दै सराय दसैंंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा यो नाच देख्न पाइन्छ । यो एउटा खेल जस्तो पनि हो । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार...
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
दाङमा सर्प महोत्सव हुँदै
दाङमा सर्प महोत्सव हुँदै दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु
कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान शुरु गरिएको छ । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष समाप्त भएसँगै कार्तिक स्नान, आकाशदीपदान शुरु भएको हो । बडा दसैंको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिनासम्म प्रन्वलन गरिन्छ । कार्तिक स्नानसहित आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय...
डेंगी बढ्दो छ, सतर्क रहौं
डेंगी बढ्दो छ, सतर्क रहौं देशभर डेंगी संक्रमण तीव्र रुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैली सकेको छ ।
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’ बडादशैको अन्तिम दिन विहीबार कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै  सराय नाच निकालिएको छ ।
लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास
लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे ।
बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने
बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने  बिपी कोइराला मेमोरियल कप, टी(२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चार वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका बंगलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो । 
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । 
Weather Update