Shittalpati
प्रतिपक्षको आन्दोलन
प्रतिपक्षको आन्दोलन प्रमुख प्रतिपक्षी दलको हैसियतबाट नेपाली काँग्रेसले आजदेखि आफ्ना आन्दोलनका कार्यक्रमलाई सार्वजनिक गर्दै देशव्यापी रुपमा विरोध प्रर्दशन गर्ने निर्णय गरेसँगै देशव्यापी रुपमा सुरुक्षा अवस्था अत्यन्तै मजबुत बनाउने कार्य शुरु भएको छ । सरकारले विभिन्न किसिमका अनियमितता गरेको र देशमा सुशासन कायम गर्न नसकेको भन्ने गुनासाहरुका कारण पनि प्रतिपक्ष आन्दोलित भएको हो ...
भाषा शिक्षकहरुलाई अनलाइन अभिमुखीकरण तालिम
भाषा शिक्षकहरुलाई अनलाइन अभिमुखीकरण तालिम भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अनलाइन अभिमुखीकरण तालिम भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि ६ दिने अनलाइन अभिमुखीकरण तालिम भएको हो ।
कोरोनाले गर्दा लागेन यसवर्ष बाला चर्तुदशीको मेला
कोरोनाले गर्दा लागेन यसवर्ष बाला चर्तुदशीको मेला बाला चर्तुदशीको अवसरको गुल्मीको शान्तिपुरमा लाग्ने चक्रेश्वर मेला यसवर्ष भने कोरोना महामारीका कारण हुन पाएन । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ४ शान्तिपुरमा पर्ने मन्दिरमा बाला चर्तुदशीकोमा सतबिज छर्ने पर्वको अवसरमा यस क्षेत्रको चर्चित एबं धार्मिक रुपले पनि लोकप्रिय मानिदै चक्रेश्वर मेला कोरोना महामारी कारण नलागेको हो ।
पछिल्लो समयमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै
पछिल्लो समयमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै पछिल्लो समयमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या बढ्दै छ । २४ घण्टामा एक हजार पाँच सय जना कोभिड–१९ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९४.९ प्रतिशत पुगेको छ ।
पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा सञ्चालन
पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा सञ्चालन पाल्पाको प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–७ प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको ५४ औं शाखा कार्यालय सञ्चालनमा आएको हो ।
नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने
नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।
जलेका लालपूर्जा १८ वर्षपछि वितरण
जलेका लालपूर्जा १८ वर्षपछि वितरण अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो ।
कपिलवस्तुमा महिलाको हत्या
कपिलवस्तुमा महिलाको हत्या कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।
पेन्सन पाइरहेकाले पनि समाजिक सुरक्षा भत्ता पाउने
पेन्सन पाइरहेकाले पनि समाजिक सुरक्षा भत्ता पाउने विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश मार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो ।
नेताहरु चरित्रवान बन्नुस्
नेताहरु चरित्रवान बन्नुस् राजनैतिक रुपमा देखापरेका विभिन्न खालका घटना र परिघटनाले मुलुकका हरेक काम कार्यवाहीमा अत्यन्त्यै ठूला समस्याहरु श्रृजना भएका छन्, अहिले । नेताहरुका चारित्रिक गतिविधी र नैतिक आचारणका कारण पनि धेरै अनियमितताहरु देखापर्ने गरेका छन् ।
Weather Update