Shittalpati
भूकम्प सुरक्षा दिवसको सार्थकता
भूकम्प सुरक्षा दिवसको सार्थकता ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ शुक्रबार २३ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो ।
पाल्पामा यसरी मनाइयो भूकम्प सुरक्षा दिवस
पाल्पामा यसरी मनाइयो भूकम्प सुरक्षा दिवस नेपालमा विस १९९० सालमा गएको भूकम्प र २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण ठूलो धन जनको क्षती भएकाले पूर्व तयारी तथा सुरक्षाको विषयमा प्रत्येक बर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउदै आइएको हो ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ की ७८ वर्षीया महिलाको कोरोनाका कारण विहीबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेकी ति महिलामा गत पुस २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस
गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस गुल्मीमा पनि २३ औं राष्ट्रिय भुकम्प सुरक्षा सुरक्षा दिवस मनाईएको छ । ‘बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।
भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन नेपाली काँग्रेसले भोली देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
ट्रकको ठक्करबाट एकको मृत्यु
ट्रकको ठक्करबाट एकको मृत्यु कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
अझै तीन दिन मौसम बदली हुने
अझै तीन दिन मौसम बदली हुने अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।
सिकाइ सहजीकरणका लागि शिक्षकलाई अभिमुखीकरण
सिकाइ सहजीकरणका लागि शिक्षकलाई अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिकाले शिक्षण सिकाई क्रियाकलापलाई सहजिकरण गर्न शिक्षकलाई अभिमुखीकरण तालिम दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिका भित्र रहेका ४५ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिने कार्यमुलक अनुसन्धान अभिमुखीकरण तालिम दिएको हो ।
माथागढीका विद्यालयहरुमा यस वर्ष हिउँदे विदा नहुने
माथागढीका विद्यालयहरुमा यस वर्ष हिउँदे विदा नहुने जिल्लाको माथागढी गाउँपालिकाले यस वर्षको हिउँदे बिदा कटौती गरेको छ । यही पुस २८ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठन–पाठन हुन नसकेकाले यस वर्ष हिउँदे बिदा कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै सोही अनुसार सम्पूर्ण विद्यालयहरुलाई कार्य गर्न गराउन...
गुल्मीमा दुलही लिन हिडेको जिप दुर्घटना, दुलहासहित १३ जना घाइते
गुल्मीमा दुलही लिन हिडेको जिप दुर्घटना, दुलहासहित १३ जना घाइते जिल्लामा दुलही लिन हिडेको जिप दुर्घटना भएको छ । आज कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि दुलही लिनका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप कोटनजिकैको खर्कको ओरोलोमा दुर्घटना भएको हो ।
Weather Update