आज राष्ट्रिय योग दिवस मनाइँदै
बिहीबार, माघ १, २०७७
आज माघे संक्रान्ति पर्व देशभर मनाइदै
बिहीबार, माघ १, २०७७
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै...
पोसिलो माघे संक्रान्ति
बिहीबार, माघ १, २०७७
माघे संक्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पोसिलो पर्व पनि हो । माघे संक्रान्ति समुदायअनुसार आ–आफ्नै नाम छन् । पहाडतिर माघे संक्रान्ति, थारूहरूले माघी, तराईमा तिला संक्रान्ति, मगरहरूको माघे संकराई, नेवारहरूले चाकु पर्व आदिआदि । नाम जसले जसरी पुकारे पनि यो पर्वमा खाइने खानेकुरा पोसिला हुन्छन् ।...
माघे संक्रान्तिको धार्मिक महत्व
बिहीबार, माघ १, २०७७
नेपालको एक प्रमुख चार्ड मध्ये माघे संक्रान्ति पनि हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो ।
तानसेनका विभिन्न ठाउँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा सखरखण्ड, तरुल किन्दै उपभोक्ता (फोटोफिचर)
बुधबार, पुस २९, २०७७
माघे संक्रान्तिको पूर्वसन्ध्यामा तानसेनका विभिन्न ठाउँहरुमा सखरखण्ड, तरुल किन्दै उपभोक्ता । मंक्रर संक्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड, पिंडालु लगायतका परिकार खाने गरिन्छ ।
६६ वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता, उनी भन्छिन्– ‘नागरिकता पाएपछि भोकै भएपनि खाए झैं भयो’
बुधबार, पुस २९, २०७७
नागरिकता नपाई मरिन्छ कि भन्ने चिन्ताले सताइरहेकी गुल्मीको मुसिकोट नगरपालिका–१ की ६६ वर्षीया झगि विक नागरिकताको प्रमाणपत्र पाउँदा दङ्ग परिन् । आर्थिक अभावका कारण सदरमुकामसम्म आउन नसक्दा उनी रहर भएर पनि नागरिकता लिनबाट बञ्चित थिइन् । तर ६६ वर्षको हुँदा उनको रहर पूरा भयो, नागरिकता हातमा लिँदै विकले भनिन् ।
एमबिए पढाई सकेर कंक्रिट उद्योग, ५५ जनालाई रोजगार
बुधबार, पुस २९, २०७७
जिल्लाका एक युवाले एम बिएको पढाई सकेर कंक्रिट उद्योग सञ्चालन गरेका छन् । रेसुङ्गा नगरपालिका तम्घासका युवा निशेष श्रेष्ठले इस्मा गाउँपालिका–२ छल्दी पनाहमा ४५ लाख लगानीमा उद्योग सञ्चालन गरेका हुन् । उनले उद्योग सञ्चालनमा ल्याएर स्थानीय ५५ जना युवाहरुलाई रोजगारी समेत दिँदै आएका छन् ।
राष्ट्र निर्माताको सम्मान गरौं
बुधबार, पुस २९, २०७७
पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती देशव्यापी रूपमा मनाइएको छ । सरकारी स्तरबाट खासै कार्यक्रमहरु नभए पनि राजनीतिक दल, सामाजिक संघ–संस्थाहरुबाट कार्यक्रम गरी राष्ट्र निर्माताको स्मरण गरियो । पृथ्वीनारायण शाह एक राष्ट्रनिर्माता हुन् । उनकै प्रयास र लगानीले नेपाल राष्ट्र निर्माण भएका हो ।
मुक्तिनाथ सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पचभैया
मंगलबार, पुस २८, २०७७
तानसेनमा रहेको मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ । सहकारीले मंगलबार एक कार्यक्रमका बिच तानसेनमा साधारण सभा तथा अधिवेशन गरेको हो ।
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज
मंगलबार, पुस २८, २०७७
नेपालमा मंगलबार ४ सय ३० जनामा कोरोना संक्रमण हुँदा ३ सय ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा ३ सय ९० जना डिस्चार्ज भएका हुन् ।


