वर्षाले ग्रामिण सडकहरु क्षत विक्षत : बुटवल तानसेन सडक बन्द
शुक्रबार, असोज ११, २०८१
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
शुक्रबार, असोज ११, २०८१
निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिए । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताए ।
आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी
शुक्रबार, असोज ११, २०८१
दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो ।
सिद्धबाबा सुरुङमार्ग : दुई बाइपासको ‘ब्रेक थ्रु’
बिहीबार, असोज १०, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सकिएको छ । कुल तीन वटा वाइपास मध्ये पहिलो र तेस्रो बाइपासको ‘ब्रेक थ्रु’ निर्माण सकिएको हो ।
छुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु
मंगलबार, असोज ८, २०८१
देशका विभिन्न स्थानमा भएका छुुट्टाछुुट्टै घटनामा ११ जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रौतहट, पाँचथर, सिन्धुली, बाँके, दाङ, सर्लाही, सल्यान, सिराहा, चितवन र मोरङमा भएका छुुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु भएको हो ।
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
मंगलबार, असोज ८, २०८१
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बिहीबार, असोज ३, २०८१
दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
पाल्पा–काठमाडौं रात्री ‘सोफा सिटर बस’ सेवा सञ्चालनमा
सोमबार, भदौ ३१, २०८१
पाल्पादेखि काठमाडौंका लागि रात्रिकालिन ‘सोफा सिटर बस’ सेवा सञ्चालन गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आइतबारदेखि आरामदायी यात्राका लागि सुविधा सम्पन्न यातायात सेवा सञ्चालनमा ल्याएको हो ।
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
आइतबार, भदौ ३०, २०८१
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, चितवन, बर्दिया, ताप्लेजुङ र सिराहामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको अकालमै ज्यान गएको हो ।
पाल्पाको माथागढीमा खोलाले बगाएर ५३ वर्षीय पुरुषको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ सुर्कावासमा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार दिउँसो सुर्कावासस्थित झुम्सा खोला तर्ने क्रममा जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका ५३ वर्षीय शेर बहादुर चौहानको बगाएर मृत्यु भएको हो ।
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
शुक्रबार, भदौ २८, २०८१
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
लिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, भदौ २७, २०८१
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुुट्टाछुुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।


