Shittalpati
बगनासकालीमा बेवारिसे शव फेला

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका– १ रायडाँडास्थित चालिसे खोलामा एक पुरुषको शव फेला परेको छ । नाम र ठेगाना नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष शव फेला परेको हो ।

खोला किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पुरुष ब्यक्तिको शव भएको र पहिचान हुन नसक्ने गलेर सढेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक कमल प्रधानले बताए । प्रारम्भिक अनुसन्धान कार्य पश्चात शवलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update