रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
बिहीबार, भदौ ६, २०८१
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी वामीटक्सार सडक अबरुद्ध
आइतबार, भदौ २, २०८१
गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
नारायणगढ–बुटवल सडक अवरुद्ध
बुधबार, साउन ३०, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।
अहिलेसम्म विपतबाट दुई सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति
बुधबार, साउन ३०, २०८१
नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते
सोमबार, साउन २८, २०८१
पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका –५ जोरधारास्थित सिद्दार्थ राजमार्गमा बुटवलदेखि पोखरातर्फ आउँदै गरेको ग २ ख १२२५ नम्बरको हाइस सोमबार दुर्घटना हुँदा गाडीमा सवार ८ जना मध्ये ७ जना घाइते भएका हुन् ।
१५ दिनमै अर्को हवाई दुर्घटना, पाँच जनाको मृत्यु
बिहीबार, साउन २४, २०८१
२०८१ साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरलायन्स दुर्घटनाको १५ दिन नबित्दै फेरि नेपाली अकासमा अर्को ठूलो हवाई दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइनको हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।
गुल्मीमा पहिरोले सडक अवरुद्ध, गाडी सडकमै फस्यो
बुधबार, साउन २३, २०८१
अविरल बर्षाका कारण गएको पहिरोले गुल्मीमा सडड अवरुद्ध हुनुुको साथै गाडी सडकै फस्न पुुगेको छ । गुल्मी दरवार गाउँपालिका –३ को रुन्खास्थित ठूलो घुुम्तीमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भई तम्घासदेखि काठमाडौंका लागि छुटेको कामना यातायातको रात्री बस सडकमै फसेको हो ।
हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाँचमध्ये चारजना चिनियाँ नागरिक
बुधबार, साउन २३, २०८१
एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।
नुवाकोटमा हेलिकप्टर दुर्घटना
बुधबार, साउन २३, २०८१
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।
नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु
बुधबार, साउन २३, २०८१
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु
मंगलबार, साउन २२, २०८१
उँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
टिपरको ठक्करबाट मृत्यु : आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
आइतबार, साउन २०, २०८१
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।


