Shittalpati
पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी

पाल्पा, पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी हुने भएको छ । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने गरी सम्झौता गरेपछि अब पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी हुने भएको हो ।

उक्त सम्झौतापत्रमा एशोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एशोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पोस र क्यूआर लगायतबाट डिजिटल भुक्तानी सरल र विश्वासिलो तरिकाले गर्न सक्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले वातावरणमैत्री अर्थतन्त्र (ग्रिन इकोनमी) लाई टेवा पु¥याउने बैंकको रणनीति अनुरुप बैंकले विभिन्न संघसंस्थासँग समन्वय गरी डिजिटल कारोबारको सम्झौता गरिरहेको जानकारी दिए । साथै, उनले वास्तविकरुपमा डिजिटल्ली स्र्माट बैंक बन्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधा तथा सचेतना कार्यक्रम आफ्ना ग्राहकलाई प्रदान गरिरहेको बताए ।

एशोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै दुई खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा राखे । साथै, प्रधानले पेट्रोलियम पदार्थको बिक्री गर्ने बिक्रेता एंव खरिद गर्ने क्रेता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुँदा बैंकसँगको सम्झौता पश्चात् सहज र सरलरुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा विश्वस्त रहेको बताए । बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १ सय ५७ शाखारहित बैंकिङ सेवा, २ सय ६ एटीएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको दावी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update