लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
अर्थवाणिज्य/कर्पोरेट
मलमा अनुदान कटौति गरेपछि विरोध

पाल्पा, सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौति गरेपछि चौतर्फीक विरोध सुरु भएको छ । अनुदान कटौती गरेपछि विभिन्न दल निकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगायतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले नेपाली किसानको बजार सुनिश्चित गर, किसान मार्न पाइदैन प्रचण्ड सरकार चाहिदैन, मलको भयो हाहाकार, राजीनामा देउ सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसान विरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!